काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन हुने भएको छ। शुक्रबार नेविसंघको सिनेट बैठकमा नयाँ नेतृत्व चयन गर्न महाधिवेशनको प्रस्ताव पेस भएको हो।
नेविसंघको नयाँ नेतृत्व चयन गर्न १२ वर्षपछि महाधिवेशन हुने भएको हो। साथै नेविसंघको सिनेट बैठकले इतिहासमै पहिलोपटक आफ्नो महाधिवेशन आफैँ गर्ने गरी प्रस्ताव ल्याएको छ। यसअघि पार्टीले तोकेअनुसार महाधिवेशन हुने गरेको थियो।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पााले सिनेट बैठकमा १२ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत भएको जानकारी दिए। उनले आजकै बैठकबाट प्रस्ताव पारित हुने बताए।
शेर्पा साढे तीन वर्षअघि नेविसंघको नेतृत्व सम्हालेका थिए। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पदान समितिको निर्णयअनुसार उनलाई २०७८ चैतमा नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए।
शेर्पा नेतृत्वको नेविसंघ तदर्थ समितिलाई २०७९ को स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।
यस्तो छ सिनेट बैठकमा पेस भएको प्रस्ताव






