स्याङ्जा- प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित भएका छन्। रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए।
उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गरे। साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएका हुन्।
कुल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो।
प्रकाशित: २४ फागुन २०८२ १४:४२ | Sunday, March 8, 2026
प्रतिक्रिया





