काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा.स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन्।
वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए।
यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३९३ मत पाए।
वाग्ले उक्त निर्वाचन क्षेत्रबाट यसअघि पनि निर्वाचित भएका थिए। रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको थियो।
प्रकाशित: २३ फागुन २०८२ १४:३५ | Saturday, March 7, 2026
प्रतिक्रिया





