धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

हिमाल प्रेस २५ फागुन २०८२ १६:४१ | Monday, March 9, 2026
52
SHARES
धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- धनुषा क्षेत्र नं. १ का रास्वपा उम्मेदवार किशोरी साह कमलले दिएको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश दिएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

कर्जा सूचनाको केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै उजुरी परेपछि आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो विरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले सात दिनभित्र आयोगलाई लिखित जवाफ पेस गर्ने भनेको छ। साथै अदालतले उम्मेदवारी खारेज गर्ने निर्णयसहितको फाइल ल्याउन पनि भनेको छ।

सर्वोच्च अदालतले फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकेको छ।

प्रकाशित: २५ फागुन २०८२ १६:४१ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast