सुनसरी ४ : सीकेले पार्टीबाट निकालेका दीपक रास्वपाबाट विजयी, हारे दुई पटकका विजेता ज्ञानेन्द्रबहादुर कार्की

हिमाल प्रेस २५ फागुन २०८२ ७:१७ | Monday, March 9, 2026
22
SHARES
सुनसरी ४ : सीकेले पार्टीबाट निकालेका दीपक रास्वपाबाट विजयी, हारे दुई पटकका विजेता ज्ञानेन्द्रबहादुर कार्की

इटहरी- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक कुमार साह विजयी भएका छन्। उनी लामो समय सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए। राउतले उनलाई स्पष्टीकरण लिदै पार्टीबाट निकाले। त्यसपछि साह रास्वपा लागे। तिनै साह अहिले सुनसरी ४ बाट विजयी बने।

अन्तिम मतपरिणाम अनुसार साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५ सय ८७ मत मात्रै प्राप्त गरे। साह र कार्कीबीचको मतान्तर २६ हजार १ सय ८४ रहेको छ। नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ८ हजार ६ सय ३१ मत प्राप्त गरे।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका महम्मद महफुज अन्सारीले ३ हजार ४ सय ३२ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७ सय ६३ मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रमा यसअघि दुईपटक कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन जितेका थिए ।

प्रकाशित: २५ फागुन २०८२ ७:१७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast