इटहरी- सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन) ले सुरुवाती अग्रता लिएकी छन्। धरान उपमहानगरपालिका वडा नम्बर १ को कुल १९६१ मत गणना सम्पन्न हुँदा तामाङले १०१५ मत प्राप्त गरेकी हुन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले ३०३ मतका साथ दोस्रो स्थानमा छन्। त्यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र गोलेले २३३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव श्रेष्ठले १६२ मत पाएका छन्।
नेकपाका उम्मेदवार मनोज भट्टराईले ९२ मत प्राप्त गरेका छन् भने एमालेका टिकाराम लिम्बूले मात्र ६१ मत ल्याए।
कुल गणना गरिएको १९६१ मतमध्ये १८८० मत सदर भएको छ भने ८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २२ फागुन २०८२ १८:५७ | Friday, March 6, 2026
प्रतिक्रिया





