‘परालको आगो’ को टिजरमा सुहाना र प्रकाशको घरझगडा

हिमाल प्रेस २५ फागुन २०८२ १२:१७ | Monday, March 9, 2026
14
SHARES
‘परालको आगो’ को टिजरमा सुहाना र प्रकाशको घरझगडा

काठमाडौँ- फिल्म ‘परालको आगो’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सोमबार फिल्मको टिजर सार्वजनिक गरिएको हो।

टिजरमा श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा देख्न सकिन्छ। फिल्ममा प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भूमिकामा छन्।

श्रीमती पधेँरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन्। जहाँ छिमेकीको रुपमा देखिएका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खाल्का कुरा प्रकाशले गर्छन्।

फिल्मले नेपाली समाजको यथार्थ घटना प्रस्तुत गर्ने प्रयास गरेको छ। कथा गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित छ। फिल्मको पटकथा सुशील देवकोटाले लेखेका हुन्।

फिल्ममा सुहाना, सौगात, प्रकाशका अलवा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्सको ब्यानरमा बनेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्म आगामी वर्ष २०८३ वैशाख ११ देखिप्रदर्शन हुनेछ।

सुशील पोखेरेलको लगानी रहेको फिल्म संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग संयोजनमा बनेको छ।

‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए। फिल्म आगामी बैशाख ११ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: २५ फागुन २०८२ १२:१७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast