गोरखा १ मा फेरि अघि लागे सुदन

हिमाल प्रेस २४ फागुन २०८२ १०:५५ | Sunday, March 8, 2026
20
SHARES
गोरखा १ मा फेरि अघि लागे सुदन

काठमाडौँ- गोरखा १ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रता बढाएका छन्। आरुघाट गाउँपालिका ५ को मतगणना सम्पन्न हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार गुरुङले उक्त वडाबाट ३७० मत प्राप्त गरेका छन्। सोही वडाबाट नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले २६७, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले १२७ र नेकपा एमालेका रामचन्द्र लामिछाने (सूर्य) ले १४२ मत थपेका छन्।

यससँगै हालसम्मको कुल मतपरिणामअनुसार सुदन गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४ हजार ८ सय ४३ मत पाएका छन्। हरिराज अधिकारीले २ हजार ५ सय ५ मत प्राप्त गर्दा रामचन्द्र लामिछानेले ९ सय ५३ मत पाएका छन्।

हाल गुरुङ खत्रीभन्दा १८१ मतले अगाडि रहेका छन्।

प्रकाशित: २४ फागुन २०८२ १०:५५ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast