बाबुको हत्या अभियोगमा छोरा जेल चलान

हिमाल प्रेस २९ फागुन २०८२ १२:२५ | Friday, March 13, 2026
बाबुको हत्या अभियोगमा छोरा जेल चलान सांकेतिक तस्बिर।

पोखरा- स्याङ्जाको पुतलीबजारमा आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ परेका छोरा जेल चलान भएका छन्। जेल चलान हुनेमा पुतलीबजार नगरपालिका वडा ७, बाजपुरका ३६ वर्षीय तोरण कार्की हुन् । बिहीबार उनलाई स्याङ्जा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

यो घटना गत २ फागुनको हो । उक्त दिन स्थानीय ७१ वर्षीय तुलबहादुर कार्की खाना खाइ आफ्नै कोठामा सुत्न गएका थिए। तर भोलिपल्ट उनी बिस्तरामा मृत फेला परेका थिए । प्रहरीले ३ फागुनमै तुलबहादुरका साहिँला छोरा तोरणलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

तुलबहादुरको हत्या अभियोगमा तुलबहादुरको संलग्नता रहेको खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको दाबी छ। प्रहरीका अनुसार निजले नसा सेवन गर्ने गरेको खास कुनै रिसइबी बिनै मारेको अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार अदालतमा पेस गरिएकोमा अदालतले तत्काल पुर्पक्षका लागि थुनामा राखी मुद्दाको अनुसन्धान गर्ने आदेश दिएको हो ।

प्रकाशित: २९ फागुन २०८२ १२:२५ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast