मोरङ ६ मा रास्वपाकी रुविना आचार्य भारी मतान्तरले विजयी : डा. शेखरको हार, एमालेका विनोद ढकाल तेस्रो

हिमाल प्रेस २३ फागुन २०८२ ७:२३ | Saturday, March 7, 2026
14
SHARES
मोरङ ६ मा रास्वपाकी रुविना आचार्य भारी मतान्तरले विजयी : डा. शेखरको हार, एमालेका विनोद ढकाल तेस्रो

इटहरी- मोरङ क्षेत्र नम्बर ६ राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य विजयी भएकी छन्। उनले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी हुन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे । उनीहरूबीचको मतान्तर ४२ हजार ६६३ रहेको छ।

एमालेका विनोद ढकालले ८ हजार ३१७ प्राप्त गर्दा श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत ल्याए । उक्त क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका डा. कोइराला निर्वाचित भएका थिए ।

प्रकाशित: २३ फागुन २०८२ ७:२३ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast