सुनसरी ४ मा ज्ञानेन्द्रलाई जितको ह्याट्रिकमा रास्वपा बाधक, जनमत पार्टी छाडेका दीपक विजयी

हिमाल प्रेस २४ फागुन २०८२ ७:२८ | Sunday, March 8, 2026
22
SHARES
सुनसरी ४ मा ज्ञानेन्द्रलाई जितको ह्याट्रिकमा रास्वपा बाधक, जनमत पार्टी छाडेका दीपक विजयी

इटहरी- सुनसरी क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपककुमार साह निर्वाचित भएका छन् । साहले २० हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ७ हजार ३७१ मत प्राप्त गरे ।

नेकपा एमालेका जगदीश प्रसाद कुशियैतले भने ४ हजार २६४ मत मात्र प्राप्त गरे। उक्त क्षेत्रमा यसअघि दुईपटक कांग्रेसका कार्की विजयी भएका थिए। दीपक शाह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए। राउतसँगको टकरावले उनले पार्टी छाडे। त्यसलगत्तै रास्वपा प्रवेश गरेका उनी सोही पार्टीबाट विजयी बने।

 

 

प्रकाशित: २४ फागुन २०८२ ७:२८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast