पोखरा- कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तम पौडेलले अग्रता कायमै राखेका छन्। उनले १० हजारभन्दा बढीको मतान्तर कायम गरिसकेका छन्। हालसम्म २४ हजार २८ मतगणनामा उनले १४ हजार ४२७ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका रश्मि आचार्यले ४ हजार ३९३ मत प्राप्त गरेका छन्। पोखराको ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्था आयोजनाको भवनमा मतगणना कार्य जारी छ।
विगतको नतिजा हेर्ने हो भने कास्की २ मा एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेको थिएन। आफ्नो गढ मान्दै आएको कास्की २ मा समेत एमालेले नराम्ररी पराजित हुने प्रारम्भिक संकेत देखिन्छ। कास्की २ मा ८४ हजार १३४ मतदाता छन्। कास्की १ र ३ मा समेत रास्वपाका उम्मेदवार अघि छन्।
प्रकाशित: २२ फागुन २०८२ १६:१४ | Friday, March 6, 2026
प्रतिक्रिया





