हेटौँडा- मकवानपुर क्षेत्र नं २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बर मतान्तरसहित अग्रता कायम गरेका छन्।
हालसम्म आठ हजार ८२४ मत गणना हुँदा उप्रेतीले तीन हजार ६५७ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले एक हजार ७२१ मत ल्याएका छन्। त्यस्तै, नेकपा (एमाले)का महेश बर्तौलाले एक हजार ५४७ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का लवशेर बिष्टले ५९२ मत प्राप्त गरेका हुन्।
हालसम्मको मत गणनाअनुसार यहाँ ५७० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २२ फागुन २०८२ २०:४१ | Friday, March 6, 2026
प्रतिक्रिया





