काठमाडौँ- पर्सा क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार सुशील कुमार कानु विजयी भएका छन् । रास्वपा उम्मेदवार कानुले कांग्रेसका अजय चौरसियालाई १८ हजार ८ सय ५० मतले पछाडि पार्दै विजयी भएका हुन् ।
कानुले कुल ३० हजार ७ सय ४० मत प्राप्त गरेको क्षेत्र २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटम प्रतिद्वन्द्वी चौरसियाले भने ११ हजार ८ सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी एमालेकी रिमा कुमारी यादवले भने ११ हजार ६ सय ५ मत प्राप्त गरेकी छन् । प्रतिनिधि सभाका सदस्यमा निर्वाचित कानुको राजनीतिक यात्रा वडाध्यक्षबाट सुरु भएको हो । पर्सा क्षेत्र २ मा रहेको ९५ हजार १ सय २० मतदाता ६५ हजार ८सय ७८ मत खसेको थियो ।
प्रकाशित: २३ फागुन २०८२ १२:१९ | Saturday, March 7, 2026
प्रतिक्रिया





