प्यूठानमा पनि रास्वपाको अग्रता, एमालेका सूर्य थापा पाँचौं स्थानमा

हिमाल प्रेस २२ फागुन २०८२ १३:०९ | Friday, March 6, 2026
16
SHARES
प्यूठानमा पनि रास्वपाको अग्रता, एमालेका सूर्य थापा पाँचौं स्थानमा

काठमाडौँ- प्यूठान प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। हालसम्म १ हजार ३४७ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त बैदिक अग्रस्थानमा रहेका छन्।

प्राप्त मतपरिणाम अनुसार बैदिकले ५०५ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ले १३४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार सूर्य थापा भने हालसम्म ६९ मत सहित पाँचौं स्थानमा रहेका छन्। मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ १३:०९ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast