कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ ८:२४ | Friday, March 6, 2026
4
SHARES
कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

पोखरा- कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना गएरातिदेखि जारी छ। प्रारम्भिक मतगणनामा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्।

कास्की-१ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेस) ले हालसम्म १ हजार ३५५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाट ले ५९५ मत, नेकपा एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ५३० मत, नेकपाका राजकाजी गुरुङ ८३ मत र राप्रपाका बाबुराम थापा २३ तथा उज्यालो नेपालका मनीष द्वाले ५ मत प्राप्त गरेका छन्।

कास्की-१ मा कुल १ लाख १६ हजार ८७८ मतदाता छन्। हालसम्म २ हजार ७१८ मत गणना भइसकेको छ। तीमध्ये २ हजार ६३४ मत सदर र ८४ मत बदर भएका छन्।

यहाँ स्वतन्त्रसहित कुल १७ उम्मेदवार प्रतिस्पर्धामा छन्। यस निर्वाचन क्षेत्रमा मादी गाउँपालिका (वडा १–१२), रुपा गाउँपालिका (वडा १-७) र पोखराका ११ वटा वडाहरू पर्दछन्। यस क्षेत्रले २०७४ र २०७९ मा नेकपा एमालेका उम्मेदवारलाई जित दिएको थियो।

कास्की-२ मा रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेल ले ३ हजार ७० मत प्राप्त गरी अग्रता कायम गरेका छन्। हालसम्म ६ हजार १३८ मत गणना भइसकेको छ। उनका निकट प्रतिस्पर्धी नेकपा एमाले का रश्मी आचार्य १ हजार ४१४, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला (मधु) ९३२, नेकपाका हेमबहादुर थापा (किरण) २७६ र राप्रपा का हेमजंग गुरुङ ११७ मत प्राप्त गरेका छन्।

कास्की-२ मा स्वतन्त्रसहित कुल १७ उम्मेदवार प्रतिस्पर्धामा छन्। यो क्षेत्र पोखराको मुख्य बजार क्षेत्रभित्र पर्दछ र ८४ हजार १३४ मतदाता रहेको छ।

कास्की-३ मा रास्वपा उम्मेदवार विनाकुमारी गुरुङले २ हजार ७४ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङ ८९५, नेकपा एमालेका दामोदर पौडेल बैरागी ५६७ र नेकपा का गोपाल गिरी ११८ मतमा सीमित छन्।

कास्की-३ मा कुल १५ उम्मेदवार प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा कुल १ लाख ७ हजार ५६० मतदाता छन्। अन्नपूर्ण गाउँपालिका (वडा १–११), माछापुच्छ्रे गाउँपालिका (वडा १-९) र पोखराका ११ वटा वडाहरू यस क्षेत्रमा पर्दछन्। यो क्षेत्र पनि २०७४ र २०७९ मा नेकपा एमालेले जितेको क्षेत्र थियो।

मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ ८:२४ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast