पर्सा ३ बाट रास्वपाका उम्मेदवार रामाकान्त चौरसिया विजयी

हिमाल प्रेस २४ फागुन २०८२ ९:३७ | Sunday, March 8, 2026
4
SHARES
पर्सा ३ बाट रास्वपाका उम्मेदवार रामाकान्त चौरसिया विजयी

काठमाडौँ- पर्सा ३ बाट रास्वपाका उम्मेदवार रामाकान्त चौरसिया विजयी भएका छन्। रास्वपा उम्मेदवार चौरसियाले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतले पराजित गर्दै विजयी भएका हुन।

चौरसियाले कुल २९ हजार ६ सय ७९ मत प्राप्त गरेको क्षेत्र ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनको निकटम प्रतिद्वन्द्वी सुरेन्द्र चौधरीले भने १६ हजार ३ सय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी एमालेका रुपेश पाण्डेले भने ११ हजार ९सय १४ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र ३ मा रहेको कुल ९६ हजार ५ सय ४२ मतदातामध्ये ६७ हजार १ सय १३ मत खसेको थियो ।

प्रकाशित: २४ फागुन २०८२ ९:३७ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast