काठमाडौँ-४ र ८ को प्रारम्भिक मतपरिणाममा रास्वपा अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ ७:१२ | Friday, March 6, 2026
14
SHARES
काठमाडौँ-४ र ८ को प्रारम्भिक मतपरिणाममा रास्वपा अगाडि

काठमाडौँ- काठमाडौँ क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका छन् भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराईले २७३ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णा भण्डारीको भनाइ छ।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं ८ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

अहिलेसम्म मतगनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन्।

उनले एक हजार ७२४ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।

यहाँको मतगणना नागार्जुन नगरपालिकाको कार्यालयमा भइरहेको छ।

प्रकाशित: २२ फागुन २०८२ ७:१२ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast