लज्जास्पद हारपछि ऋषि धमलाले छाडे आजपा

हिमाल प्रेस २६ फागुन २०८२ ७:०३ | Tuesday, March 10, 2026
8
SHARES
लज्जास्पद हारपछि ऋषि धमलाले छाडे आजपा

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा रौतहट ४ मा लज्जास्पद हार व्यहोरेपछि पूर्वपत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) छाडेका छन्।

धमलाले सोमबार एक कार्यक्रमका बीच निर्वाचनका लागि मात्रै आफूले आजपाको चूनाव चिह्न प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अब सो पार्टीसँग नरहेको बताए। रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल ३६ हजार८७६ मतसहित विजयी हुँदा धमलाले ६५५ मतसहित छैटौँ भए।

दोस्रो भएका कांग्रेसका देवप्रसाद तिमलसेना १५ हजार ८६५ मत प्राप्त गर्दा नेकपाका रामकुमार भट्टराईले ९ हजार ७७८ मत पाएर तेस्रो भए। चौथो स्थानमा रहेका एमालेका रामजी साह सोनारले ३ हजार ४७८ मत प्राप्त गर्दा जसपा नेपालका रा‌जकुमार दास तत्माले १ हजार ०६२ मत पाए।

धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोबाइल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफुले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चुनावमा उठ्न आग्रह गरेको समेत उनले बताए ।

प्रकाशित: २६ फागुन २०८२ ७:०३ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast