रेखाले सुरु गरिन् ‘माया भनेकै यस्तो होला’ को छायांकन

हिमाल प्रेस २५ फागुन २०८२ १३:२४ | Monday, March 9, 2026
16
SHARES
रेखाले सुरु गरिन् ‘माया भनेकै यस्तो होला’ को छायांकन

काठमाडौँ- अभिनेत्री रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सुरु भएको छ। काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट छायांकन थालिएको हो।

काठमाडौँ आसपासकै विभिन्न स्थानमा फिल्मको दृश्य खिचिनेछ। फिल्म सुदीप बरालले छायांकन गरिरहेका छन्।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसपटक उनी निर्देशनमा मात्र केन्द्रित छिन्।

फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको संयोजन गरिएको छ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा देखिनेछन्।

साथै फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारको अभिनय रहने टिमले जनाएको छ।

फिल्मले प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने टिमले बताएको छ। कथा ध्रुव लम्सालले लेखेका हुन्।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा बन्ने फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन्।

प्रकाशित: २५ फागुन २०८२ १३:२४ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast