रास्वपाले भन्यो : आन्दोलनमा गुमेका छोराछोरीको पीडा अझै कम भएको छैन, विजयोत्सव नमनाऔँ

हिमाल प्रेस २३ फागुन २०८२ ७:०७ | Saturday, March 7, 2026
8
SHARES
रास्वपाले भन्यो : आन्दोलनमा गुमेका छोराछोरीको पीडा अझै कम भएको छैन, विजयोत्सव नमनाऔँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका आफ्ना उम्मेदवारहरूलाई व्यक्तिगत विजय उत्सव नमनाउन निर्देशन दिएको छ। पार्टीका उपसभापति डीपी अर्यालले भने, ‘निर्वाचन जित्ने उम्मेदवारहरू आफ्ना घरदैलोमा र्‍याली वा अबिर जात्रा गर्न सक्ने इच्छा राख्न सक्छन्, तर देशमा जेनजी आन्दोलनका क्रममा गुमेका साना उमेरका छोराछोरीको पीडा अझै कम भएको छैन। त्यसैले पार्टीले सबै विजेतालाई उत्सव नगर्न निर्देशन दिएको हो।’

अब काम गरेर मात्र घरदैलोमा गएर धन्यवाद दिन सकिने उनको भनाइ छ । मतगणनास्थलमा मात्रै सीमित धन्यवाद दिने र बाहिर कुनै र्‍याली वा अबिर जात्रा नगर्न निर्देशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाट आएकोउनले जानकारी दिए ।

अर्यालले भने, ‘जनताले हामीलाई सरकार बनाउन म्याण्डेट दिनुभएको छ। अब काम गरेर मात्र घरदैलोमा गएर धन्यवाद दिन सकिन्छ। मतगणनास्थलमा मात्रै सीमित धन्यवाद दिने र बाहिर कुनै र्‍याली वा अबिर जात्रा नगर्न निर्देशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाट आएको हो।’

 

प्रकाशित: २३ फागुन २०८२ ७:०७ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast