काठमाडौँ- काठमाडौँमा केही समयदेखि हुरीबताससहितको वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ। विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताए।
हुरीबताससहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।
यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले आग्रह गरेको छ।
प्रकाशित: ६ चैत २०८२ १७:४२ | Friday, March 20, 2026
प्रतिक्रिया





