कतारको सैन्य हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

हिमाल प्रेस ८ चैत २०८२ १९:०२ | Sunday, March 22, 2026
14
SHARES
कतारको सैन्य हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ- पश्चिम एसियामा बढ्दो तनावका बीच कतारको एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना बेपत्ता छन्।

कतारको रक्षा मन्त्रालयले देशको समुद्री क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएको बीबीसीले जनाएको छ।

‘नियमित ड्युटी’ मा रहेको हेलिकप्टर प्राविधिक खराबीका कारण दुर्घटना भएको रक्षा मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार कतारी सशस्त्र बलसँग आवद्ध क्याप्टेन सइद नासिर सामेख अझै बेपत्ता छन्।

पछिल्लो समय कतार इरानको आक्रमणबाट प्रभावित भएको छ र गत साता इरानले कतारको मुख्य ग्यास प्लान्टलाई निशाना बनाएको थियो। यद्यपि यो हेलिकप्टर दुर्घटनाको इरान युद्धसँग रहेको वा नरहेको भन्ने प्रस्ट भएको छैन।

प्रकाशित: ८ चैत २०८२ १९:०२ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast