गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

हिमाल प्रेस ६ चैत २०८२ १६:४४ | Friday, March 20, 2026
10
SHARES
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गरेका हुन्।

शर्माको प्रस्तावमा उल्लेख छ, ‘राजनीतिमा ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको शुरुवाती सय दिनलाई। त्यो ‘वार्म अप’ को अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परिक्षण र समग्र समिक्षा गर्न सकिन्न।’

त्यही कोणबाट समिक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय नहुने उनको दाबी छ। ‘प्रतिकूलता चिरेर पार्टीलाई अनुकुलतामा पु¥याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न’, शर्माले उल्लेख गरेका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ३८ सिटमा खुम्चिएपछि त्यसको जिम्मेवारी लिँदै थापाले बुधबार सभापति पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ६ चैत २०८२ १६:४४ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast