काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन २०८२ मा आक्रामक ढंगले प्रत्यक्षतर्फ जित हासिल गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि १० लाख मत कटाएको छ ।
पछिल्लो तथ्यांक अनुसार कुल १९ लाख ४५ हजार १५५ मतगणना हुँदा रास्वपाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको हो ।
रास्वपाले १० लाख ९ हजार ८ सय २९ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले हालसम्म ३ लाख ३० हजार ५३२ मत अर्थात् १६.९९ प्रतिशत प्राप्त गरेको छ । नेकपा एमाले २ लाख ६३ हजार ४०८ मतका साथ तेस्रो स्थानमा छ, जुन कूल मतको १३.५४ प्रतिशत हो ।
नेपाली कम्युनिस्ट पार्टी १ लाख ९४ हजार ६ सय ९८ समानुपातिक मत पाएको छ । नेकपाले मतगणनाको ५.९२ प्रतिशत ल्याउँदै थ्रेस होल्ड कटाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७१ हजार ९ सय ३७ समानुपातिक मत प्राप्त गरेको छ । जुन हाल गणना भएको मतको ३।७१ प्रतिशत हो । राप्रपाले पनि थ्रेस होल्ड बल्लतल्ल कटाएको छ । श्रम संस्कृति पार्टीले भने ४२ हजार १८८ मत ल्याएको छ, गणना भएको २.१७ प्रतिशत मत प्राप्त गरे पनि यसले थ्रेस होल्ड कटाउन सकेको छैन ।





