बाबुराम र जनार्दनले मार्क्सवादी सिद्धान्त छाडेको भन्दै प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

हिमाल प्रेस १८ फागुन २०८२ १७:०८ | Monday, March 2, 2026
22
SHARES
बाबुराम र जनार्दनले मार्क्सवादी सिद्धान्त छाडेको भन्दै प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

बागलुङ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

जनार्दशन शर्माका सारथीका रूपमा रहेका शर्माले चुनावको मुखमा पार्टी छोडेर पुरानै दलमा फर्केका हुन्। बागलुङका शर्माले नेकपाका नेताहरू दीनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरेका थिए।

तत्कालीन माओवादीबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका शर्मा आइतबार नेकपामै प्रवेश गरेका हुन्।

डा.बाबुराम भट्टराई र जनार्दन शर्माले मार्क्सवादी सिद्धान्त छोडेर समाजवादी आर्थिक कार्यक्रमसमेत नबनाएको आरोप लगाउने शर्मा पुरानै घरमा फर्केको प्रतिक्रिया दिए।

प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै पुनः प्रवेश गरेको उनको भनाइ छ।

यस्तै, निसीखोला-१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तीले नेकपामा प्रवेश गरेका छन्।

प्रकाशित: १८ फागुन २०८२ १७:०८ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast