मकवानपुर १ रास्वपाका प्रकाश निर्वाचित

हिमाल प्रेस २४ फागुन २०८२ १४:५५ | Sunday, March 8, 2026
10
SHARES
मकवानपुर १ रास्वपाका प्रकाश निर्वाचित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रकाश गौतम विजयी बनेका छन्। उनले ३६ हजार ३३ मत ल्याएर विजेता बनेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८ मत ल्याउन सफल भइन्।

नेकपा एमालेका रामेश्‍वर राना मगरले १२ हजार ७ सय ८३ मत ल्याएर तेस्रो बने। साथै नेकपाका विजय गौतमले १० हजार ७ सय ८८ मत ल्याएका छन्।

मकवानपुर २ मा पनि रास्वपाकै उम्मेदवार प्रशान्त उप्रेतीले जितेका छन्।

मकवानपुर २ मा महेश बर्तौला पराजित, रास्वपाका प्रशान्त उप्रेतीको जित

 

प्रकाशित: २४ फागुन २०८२ १४:५५ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast