राप्रपाबाट ज्ञानेन्द्र शाही मात्रै अगाडि

हिमाल प्रेस २३ फागुन २०८२ ११:२५ | Saturday, March 7, 2026
10
SHARES
राप्रपाबाट ज्ञानेन्द्र शाही मात्रै अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानेन्द्र शाही मात्रै निर्वाचित हुने सम्भावना देखिएको छ। जुम्लामा जारी मत गणनामा शाहीले ११ हजार चार सय ६१ मतसहित अग्रता लिइरहेका छन्। जारी मतगणनामा देशका कुनै निर्वाचन क्षेत्रमा पनि राप्रपाका उम्मेदवारले अग्रता लिएका छैनन्। राप्रपा हिन्दु राष्ट्रसहितको संवैधानिक राजतन्त्र पुनर्स्थापनाको मुद्दा लिएर चुनावमा उत्रिएको दल हाे।

शाहीलाई नेकपाका नरेश भण्डारीले सात हजार ३०५ मतले पछ्याइरहेका छन्। फागुन २१ गते भएको निर्वाचनमा जुम्लामा ४१ हजार दुई सय १० मत खसेको थियो। शनिबार बिहान ११ बजेसम्म २९ हजार ११५ मत गणना भइसकेको छ। अब १२ हजार मत गणना गर्न बाँकी छ।

पछिल्लो मत गणना परिणामअनुसार नेपाली कांग्रेसका दीपबहादुर शाहीले र हजार ६९९ मत प्राप्त गरेका छन्। यसैगरी एमालेका शान्तिलाल महतले तीन हजार ५३०, रास्वपाका विनिता कठायतले ३२९ मत पाएका छन्। एक हजार २४७ मत बदर भएको छ।

प्रत्यक्षतर्फमा जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट २९, नेपाली कांग्रेसबाट पाँच, नेकपा एमालेबाट दुई, नेकपाबाट दुई र स्वतन्त्र एक गरी ३९ सिटको नतिजा सार्वजनिक भइसकेको छ। यसैगरी रास्वपाका ८८, नेकपाका १०, नेपाली कांग्रेसका ९ र एमालेका ९ उम्मेदवारले अग्रता लिइरहेका छन्।

प्रकाशित: २३ फागुन २०८२ ११:२५ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast