सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस २८ फागुन २०८२ ६:३९ | Thursday, March 12, 2026
2
SHARE
सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र।०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए।

अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए। गम्भीर घाइते पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन्।

प्रकाशित: २८ फागुन २०८२ ६:३९ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast