काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ। अब पेट्रोल प्रतिलिटर १८८, डिजेल १९६ र एलपी ग्यास प्रति सिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको हो।
पेट्रोलमा प्रतिलिटर ३१, डिजेलमा प्रतिलिटर ५४ तथा खाना पकाउने एलपी ग्यासमा २१६ वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।
प्रकाशित: २ चैत २०८२ ७:१६ | Monday, March 16, 2026
प्रतिक्रिया





