मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

हिमाल प्रेस २२ फागुन २०८२ १९:११ | Friday, March 6, 2026
10
SHARES
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

मनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन्।

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए। उनका अनुसार मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले ९ मत पाएका छन्।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज (शुक्रबार) मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो। मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो।

यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए। मनाङ कुल मतदाता सात हजार छन्। अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए।

प्रकाशित: २२ फागुन २०८२ १९:११ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast