जलेश्वर (महोत्तरी)– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा करिब २० हजार मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो।
क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता कायम गरिएकोमा प्रतिनिधिसभा सदस्य २०८२ मा जम्मा दुई लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए। अर्थात् ६०.५९ प्रतिशत मतदान भएको थियो। जसमध्ये दुई लाख ४१ हजार ४११ मत (९२.३७ प्रतिशत) सदर भएको थियो। १९ हजार ९३५ मत (७.६२ प्रतिशत) बदर भएको हो।





