सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित

हिमाल प्रेस २४ फागुन २०८२ १४:५४ | Sunday, March 8, 2026
18
SHARES
सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनामा दुलाल निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका वंशलाल तामाङसँग दुई हजार ७२४ मतान्तरले निर्वाचित भएका हुन्।

दुलालले २१ हजार ५७२ मत ल्याएका छन् भने तामाङ १८ हजार ८४८ मतमा सीमित भए। एमालेका शेरबहादुर तामाङले १५ हजार ५१४ मत ल्याएर तेस्रा भए भने रास्वपाका अजय श्रेष्ठले १३ हजार ८१७ मत ल्याएका छन्। दुलाल प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न पुगेका थिए।

जिल्लाको क्षेत्र नम्बर १ मा रास्वपाका भरतप्रसाद पराजुली २४ हजार ४१२ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत ल्याएका छन्।

प्रकाशित: २४ फागुन २०८२ १४:५४ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast