डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी, हारे उनका भाइ कर्णबहादुर

हिमाल प्रेस २४ फागुन २०८२ ६:५८ | Sunday, March 8, 2026
18
SHARES
डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी, हारे उनका भाइ कर्णबहादुर

काठमाडौँ- प्रतिनिधि सभाको निर्वाचनमा डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर बुढा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार नेकपाका बुढा ६ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका लंकबहादुर रोकायाले ५ हजार ३९६ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवसिंह ऐडीले १८१ र राप्रपाका हरिप्रसाद डाँगीले ९२ मत पाएका छन्। कांग्रेसका बुढा विजयी धनबहादुरका सहोदर भाइ हुन्। यस क्षेत्रमा दाजुभाइबीच प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: २४ फागुन २०८२ ६:५८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast