रवि र बालेनलाई मोदीको फोन, के भयो कुराकानी?

हिमाल प्रेस २५ फागुन २०८२ २१:३७ | Monday, March 9, 2026
22
SHARES
रवि र बालेनलाई मोदीको फोन, के भयो कुराकानी?

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गरेका छन्।

टेलिफोन वार्तामा मोदीले दुवै नेताहरूको जित र रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका थिए।

मोदीले नेपालमा गठन हुन लागेको नयाँ सरकार र रास्वपाको उदयलाई स्वागत गर्दै आगामी कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। कुराकानीका क्रममा उनले नेपालको विकास, स्थिरता र द्विपक्षीय साझा हितमा भारतको सदैव साथ रहने उल्लेख गरे।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई विश्वास छ कि हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ हासिल गर्नेछ।’

प्रकाशित: २५ फागुन २०८२ २१:३७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast