फाइल तस्बिर। हिमाल प्रेस
काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ।
सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ।
कोशी, मधेश, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।





