(रास्वपा)का प्रशान्त उप्रेती।
काठमाडौँ- मकवानपुर क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् ।
उनले ३१ हजार ७ सय २५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश कुमार बर्तौलाले १९ हजार ६ सय २४ मत ल्याए ।
नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत ल्याएका छन् । नेकपाका लवशेर विष्टले १२ हजार ७ सय ५४ मत ल्याएका छन्
प्रकाशित: २४ फागुन २०८२ ८:२५ | Sunday, March 8, 2026
प्रतिक्रिया





