म्याग्दीमा महावीर पुनको अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ १८:३६ | Friday, March 6, 2026
18
SHARES
म्याग्दीमा महावीर पुनको अग्रता

म्याग्दी- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।

धवलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन्।

मङ्गला गाउँपालिकाको मत गणना सुरु भएको छ। बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो।

प्रकाशित: २२ फागुन २०८२ १८:३६ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast