चुनावपछि हलमा लाग्दै ‘लालिमा’, फिल्मलाई देशभर करिब ६० सो

हिमाल प्रेस २८ फागुन २०८२ १३:४५ | Thursday, March 12, 2026
22
SHARES
चुनावपछि हलमा लाग्दै ‘लालिमा’, फिल्मलाई देशभर करिब ६० सो

काठमाडौँ- देशमा प्रतिनिधिसभाकाे निर्वाचन सकिएसँगै कलाक्षेत्र चलायमान हुन थालेको छ।निर्माण टिमले नयाँ फिल्म घाेषणादेखि छाया‌ंकनका कार्यहरू अगाडि बढाइरहेका छन्।

यसैबीच २९ फागुनमा प्रदर्शन हुने भनिएको फिल्म ‘लालिमा’ को टिकट बुकिङ खुलाइएको छ। देशभरका हलहरूले बिहीबार (आज) फिल्मको टिकट बुकिङ खुलाएका हुन्। फिल्मले प्रदर्शनको पहिलो दिन करिब ६० शो पाएको निर्माण टिमले जनाएको छ।

फिल्म यौनकर्मीहरूको समस्या, पीडा र मानसिकता अवस्थामा आधारित छ। फिल्ममा नाट्यकर्मी तथा मोडल रोशनी कार्की शीर्ष भूमिकामा छिन्। उनी यौनकर्मीको भूमिकामा देखिएकी छन्।

फिल्ममा बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरी लालिमाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ।

रोशनीसँगै फिल्ममा जीवन भट्टराई, उषा रजक, शिशिर वाङदे, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेलललगायत कलाकारको अभिनय छ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक रोशन मिराज हुन्।

प्रकाशित: २८ फागुन २०८२ १३:४५ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast