मोरङ-३ मा श्रम संस्कृति अगाडि, कैलाली-१ मा कांग्रेस

हिमाल प्रेस २२ फागुन २०८२ ९:५८ | Friday, March 6, 2026
10
SHARES
मोरङ-३ मा श्रम संस्कृति अगाडि, कैलाली-१ मा कांग्रेस

मोरङ- जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ-३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन्।

यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो।

त्यस्तै, कैलाली क्षेत्र-१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन्।

उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीको १९९ मत छ। एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१मत खसेको थियो।

प्रकाशित: २२ फागुन २०८२ ९:५८ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast