किरियापुत्रीले पनि गरे मतदान, शोकबीच नागरिक कर्तव्य पूरा

हिमाल प्रेस २१ फागुन २०८२ १४:३२ | Thursday, March 5, 2026
10
SHARES
किरियापुत्रीले पनि गरे मतदान, शोकबीच नागरिक कर्तव्य पूरा बिहीबार तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि पुगेका व्यास–१ मोहोरियाटारका ५८ वर्षीय किरियापुत्री सुब्बा पन्थ।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला शोकमा रहेका किरियापुत्रीहरूले समेत मतदान गरेर नागरिक कर्तव्य निभाएका छन्।

मुगुको छायानाथ रारा नगरपालिका-१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्री रहेका मतदाताले मतदान गरेका हुन्।

सो वडाकी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरू ललिजङ मल्ल, राजन मल्ल र विनोद मल्लले किरियामा रहँदै पनि उक्त केन्द्रमा पुगेर मतदान गरेका छन्।

त्यसैगरी सोही वडाकी दिवङ्गत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द मल्ल र भूपेन्द्र मल्लले पनि किरियापुत्रीमै रहँदै मतदान गरेका छन्।

यस्तै, तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा व्यास-१ मोहोरियाटारका ५८ वर्षीय सुब्बा पन्थले पनि मतदान गरेका छन्। उनले बिहीबार नै आफ्ना बुबाको दाहसंस्कार गरेपछि मतदान केन्द्र पुगेर मत दिएका हुन्।

उता कास्कीको पोखरा महानगरपालिका-१४ मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि किरियापुत्रीले पनि मतदान गरेका छन्।

प्रकाशित: २१ फागुन २०८२ १४:३२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast