काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्। उनी पूर्वमाओवादी नेता हुन्।
शर्माले २९ हजार ६ सय ९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरेका छन्। प्रलोपाले प्रत्यक्षतर्फ कतै जित हासिल गर्न सकेन। माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नयाँ पार्टी हो, नेकपा। जनार्दन भने एकतामा नगई नयाँ पार्टी निर्माणमा लागेका थिए। तर उनको सिटले प्रत्यक्षमा जित हासिल गर्न सकेन भने समानुपातिकमा पनि लज्जास्पद मत ल्याइरहेको छ।
प्रकाशित: २४ फागुन २०८२ ८:३० | Sunday, March 8, 2026
प्रतिक्रिया





