प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा इजरायलले दियो बधाई

आफ्नो जीवन बचाउन इरानमा आक्रमण गर्न परेको हो: इजरायल

हिमाल प्रेस २६ फागुन २०८२ २०:१४ | Tuesday, March 10, 2026
8
SHARES
प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा इजरायलले दियो बधाई

काठमाडौँ- पश्चिम एसियाली मुलुक इजरायलले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार, राजनीतिक दल र नेपाली जनतालाई बधाई दिएको छ।

इजरायल यतिबेला त्यसक्षेत्रमा शान्तिका लागि भन्दै अमेरिकासँग मिलेर इरानमा आक्रमण गरिरहेको छ। इरानले पनि खाडी क्षेत्रमा आक्रमण गर्दा त्यो क्षेत्र अशान्त छ। इजरायलले आफ्नो भूगोल र नागरिकको जीवन बचाउनको लागि इरानमा आक्रमण गर्न परेको पनि बताएको छ।

खाडी क्षेत्रको शान्ति र द्वन्द्वबारे जानकारी दिन नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपालमा सम्पन्न निर्वाचन साच्चै स्वच्छ र अब्बल भयो। यसमा म नेपाली नागरिक र दलहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

उनले दूतावासमा आयोजना गरेको ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयक पत्रकार सम्मेलनमा नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे। आउने नेतृत्वसँग सहकार्य गरेर अघि बढ्न इजरायल इच्छुक रहेको पनि बताए । उनले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरे।

इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी मुलुकसँग वार्ता गर्न तयार रहेको बताए। उनले आफ्नो मुलुकलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाए।

इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व संकटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको पनि उनले स्पष्ट पार्दै उनले जारी हवाई हमलामा इजरायलले इरानी नागरिकलाई लक्षित गर्न नचाहेको बताए। अहिले हल्ला भइरहको विषयमा पनि उनी गम्भीर हुँदै भने, ‘कसैले छानबिन गरे हुन्छ। त्यो हमला हामीले गरेको होइन। त्यहाँ प्रयोग भएका मिसाइलको आक्रमण नियाल्न जाँचबुझ गर्न सकिन्छ।’

इजरायल र अमेरिकन नागरिकलाई कतिको हत्या गरिसकेको छ भन्ने तथ्यांक कहाँ छ भन्दै उनले भने, ‘हामीले हाम्रा नागरिकको रक्षाको लागि पनि हमला गर्न परेको हो। त्यसमा पनि अमेरिका र इजरायलको सहमतिमा भन्दा पनि सहकार्य संयोग पनि हो। आतंकवादविरुद्ध सबै विश्व एक हुनुपर्छ।’ उनले इरानको शासकलाई नाजीसँग दाँज्दै भने, ‘यो शासकलाई नाजीसँग दाँज्न सकिन्छ। उस्तै चरित्र देखिन्छ। त्यो कुरा खाडीका अन्य मुलुकले पनि बुझेका छन्।’

उनले संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य रहेको पनि बताए। उनले भने, ‘यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो। हामीले विश्व सुरक्षालाई ध्यानमा राखेर हमला गरेका छौँ। यस्तो विषयमा चुप भएर बस्दा जर्मनीमा नाजी शासकले गरेको जस्तो अवस्था हुनेछ।’

कतिपयले इरानलाई तेस्रो मुलकुको रूपमा चित्रण गरेको सुन्दा आश्चर्य लाग्ने उनको भनाइ छ। ‘जुन मुलुकले महिनामा १० हजार डाने मिसायल बनाउन सक्छ। अनि हजारौँ माइल हान्न सक्ने घातक मिसायल बनाउँछ र त्यहाँ दुई हजार सात सय भन्दा बढी विश्वमा चिनिएका वैज्ञानिक बस्छन् भने त्यो मुलुक कसरी तेस्रो मुलुक हुन्छ?, उनले भने, ‘त्यहाँको स्रोत उपयोग नागरिकले नपाएको तर शासकले पाएकोले नागरिक गरिब भएको पनि उनले बताए। अहिले शासकको छोरा पनि शासक जस्तै हुँदा र समस्या नबुझ्दा समय लगोको हो, अब हामी निस्तेज गरेर मात्र अघि बढ्ने छौँ।’

उनले इरानी शासकको अन्त्य नहुन्जेल आक्रमण जारी रहने उनले बताए।

प्रकाशित: २६ फागुन २०८२ २०:१४ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast