इरानले सन् २०२६ को विश्वकप नखेल्ने

हिमाल प्रेस २८ फागुन २०८२ ११:२८ | Thursday, March 12, 2026
4
SHARES
इरानले सन् २०२६ को विश्वकप नखेल्ने

काठमाडौँ- इरानले सन् २०२६ को विश्वकप नखेल्ने भएको छ। इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो प्रतियोगिताको सह-आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताएका हुन्। आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा सहभागिता जनाउन नसक्ने उनको भनाइ छ।

खेलकुदमन्त्रीको भनाइलाई लिएर इरानी फुटबल संघ र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्काल कुनै टिप्पणी गरेका छैनन्। ४८ वटा टोली सहभागी विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। विश्वकपमा इरानसँगै बेल्जियम, इजिप्ट र न्युजिल्यान्ड समूह ‘जी’ मा रहेका छन्।

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वमा तनाव बढेको छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले भने इरानी खेलाडीलाई अमेरिकालाई स्वागत गर्ने जनाएका छन्।

प्रकाशित: २८ फागुन २०८२ ११:२८ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast