अमेरिकी र इजरायल आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि भएसँगै मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको छ। यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरायली हमलामा परी खामेनी मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए। ट्रम्पले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरि धेरै मानिसका निम्ति’ ‘न्याय’ भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।
अमेरिका र इजरायलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
प्रकाशित: १७ फागुन २०८२ ७:५८ | Sunday, March 1, 2026
प्रतिक्रिया





