झापा २ मा इन्दिरा राना सानदार मतले विजयी, हारे देवराज घिमिरे

हिमाल प्रेस २४ फागुन २०८२ ७:२१ | Sunday, March 8, 2026
6
SHARES
झापा २ मा इन्दिरा राना सानदार मतले विजयी, हारे देवराज घिमिरे इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ-  झापाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा रानामगर निर्वाचित भएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रानामगरले ६०,११० मत प्राप्त गरी विजयी भएकी हुन्। उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई ४८,७४२ मतको फराकिलो अन्तरले पराजित गरेकी छन्। घिमिरे यसअघि प्रतिनिधिसभाको सभामुख रहेका थिए। घिमिरेले ११,३६८ मत मात्रै प्राप्त गरे।

यस्तै, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७,२९१ मत, नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५,६१६ मत, र राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ३,९६६ मत पाएका छन्। झापा–२ मा ९६,४३६ मत खसेको थियो।

प्रकाशित: २४ फागुन २०८२ ७:२१ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast