Screenshot
पोखरा- कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार बिना गुरुङले करिब ५ हजार ५ सय मतान्तरले कायम गरेकी छन्। जारी मतगणनामा २३ हजार ४१७ मतमध्ये उनले ११ हजार ६०३ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेकी हुन्। जब कि नेपाली कांग्रेसका मनोज गुरुङले ६ हजार १९२ मत प्राप्त गरेका छन्।
अघिल्ला दुई वटा चुनाव जितेको नेकपा एमालेले तेस्रो स्थानमा छ । एमालेका दामोदर पौडेल बैरागीले ३ हजार २५३ मत ल्याएका छन्। नेकपाका गोपाल गिरीले ६४६ मत ल्याएका छन्।
कास्की ३ को मतगणना पोखरा ५ मालेपाटनस्थित कृषि मन्त्रालयमा जारी छ।
प्रकाशित: २२ फागुन २०८२ १६:२० | Friday, March 6, 2026
प्रतिक्रिया





