काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने (दर्शना) ले १३ हजार ५९१ मत प्राप्त गरेकी छन्।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन्।
हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन्।
प्रकाशित: २२ फागुन २०८२ १०:२७ | Friday, March 6, 2026
प्रतिक्रिया





