हर्क साम्पाङको पार्टीले खोटाङबाट खोल्यो खाता : आरेन राई विजयी, हरि रोका चौथो

हिमाल प्रेस २४ फागुन २०८२ ८:१८ | Sunday, March 8, 2026
18
SHARES
हर्क साम्पाङको पार्टीले खोटाङबाट खोल्यो खाता : आरेन राई विजयी, हरि रोका चौथो श्रम संस्कृति पार्टीका आरेन राई।

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ। खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो।

१६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन्। नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन्। नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

 

 

प्रकाशित: २४ फागुन २०८२ ८:१८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast