नगर प्रमुख हर्क साम्पाङ । तस्बिर : हिमालप्रेस ।
इटहरी- सुनसरी क्षेत्र नं. १ मा हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले ३५ हजार ७४१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन)ले २७ हजार २४९ मत ल्याइन्। उनीहरूबीचको मतान्तर ८ हजार ४९२ रहेको छ।
यसै गरी नेकपा (एमाले)का टीकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरेका छन्।
प्रकाशित: २४ फागुन २०८२ १४:४४ | Sunday, March 8, 2026
प्रतिक्रिया





